विन्डोजको लागि बाइबल वेब एप इन्सटल गर्ने बारे निर्देशनहरू
✅ तपाईले विन्डोज ओएसमा बाइबल वेब एपलाई अफलाइन एपको रूपमा अर्थात् PWA (प्रोग्रेसिभ वेब एप) गुगल क्रोम ब्राउजर प्रयोग गरेर कसरी इन्सटल गर्न सक्नुहुन्छ?
👉 तपाइँको विन्डोज पीसी मा गुगल क्रोम ब्राउजर खोल्नुहोस्।
👉 nepalmatribhasha.org मा जानुहोस्।
👉 आफ्नो मनपर्ने भाषा चयन गर्नुहोस्। तपाईंलाई सम्बन्धित भाषा पृष्ठमा रिडिरेक्ट गरिनेछ।
👉 बाइबल वेब एप बटनमा थिच्नुहोस्। तपाईंलाई अनलाइन बाइबल वेब पृष्ठमा रिडिरेक्ट गरिनेछ।
👉 "To view this app offline, click here" सम्म जानको लागि तल स्क्रोल गर्नुहोस् । लिङ्कमा थिच्नुहोस् र तपाईंलाई बाइबल वेब एपमा रिडिरेक्ट गरिनेछ।
👉 चित्रमा देखाइएको ठेगाना बारमा इन्सटल आइकनमा क्लिक गर्नुहोस्।
👉 "Install" बटनमा क्लिक गर्नुहोस्।
👉 अब, तपाइँको अफलाइन बाइबल एप डेस्कटप स्क्रिनमा स्थापित भएको छ।
👉 अब तपाईँ बाइबल पढ्न सक्नुहुन्छ।