सामान्य मद्दत र बारम्बार सोधिने प्रश्नहरू

 
 
 

✅ मैले मेरो भाषा कहाँ भेट्टाउन सक्छु?

👉 हाम्रो साइटको होमपेजमा जानुहोस् र दोस्रो स्लाइडमा क्लिक गर्नुहोस् [तपाईँको भाषा छनौट गर्नुहोस्] वा तपाईँको भाषा छनौट गर्नुहोस् खण्ड फेला पार्न तल स्क्रोल गर्नुहोस्।

👉 आफ्नो मनपर्ने भाषा चयन गर्नुहोस्। तपाईंलाई सम्बन्धित भाषा पृष्ठमा रिडिरेक्ट गरिनेछ।

👆 पुन: विषयवस्तुमा जानुहोस्

 
 
 

✅ किन मैले मेरो भाषाको लागि यूभर्सन (You Version) बाइबल भेटाउन सकिन?

👉 तपाईंको बाइबल YouVersion साइटमा अपलोड गरिएको नहुन सक्छ। अथवा

👉 तपाईंको बाइबललाई YouVersion साइटमा अपलोड गर्ने अनुमति छैन।

👆 पुन: विषयवस्तुमा जानुहोस्

 
 
 

✅ किन मैले मेरो भाषाको लागि श्रव्य (अडियो) बाइबल भेटाउन सकिन?

👉 तपाईंको भाषामा अडियो बाइबल रेकर्ड गरिएको नहुन सक्छ। वा

👉 तपाईंको भाषामा रेकर्ड गरिएको अडियो बाइबल हाम्रो होस्टिङ साइटमा अपलोड गरिएको छैन।

👆 पुन: विषयवस्तुमा जानुहोस्

 
 
 

✅ कसरी मैले श्रव्य (अडियो) बाइबलका फाइलहरू डाउनलोड गर्न सक्छु?

👉 आफ्नो पीसी वा फोनमा वेब ब्राउजर (क्रोम, ओपेरा आदि) खोल्नुहोस्।

👉 nepalmatribhasha.org मा जानुहोस्।

👉 आफ्नो मनपर्ने भाषा चयन गर्नुहोस्। तपाईंलाई सम्बन्धित भाषाको अनलाइन बाइबल पृष्ठमा रिडिरेक्ट गरिनेछ।

👉 पृष्ठको तल स्क्रोल गर्नुहोस्। तपाईंले अडियो प्लेयर बार फेला पार्नुहुनेछ। तीन थोप्लाहरू (मेनु) मा क्लिक गर्नुहोस्।

👉 डाउनलोड विकल्पमा क्लिक गर्नुहोस्। सम्बन्धित अध्यायको लागि अडियो फाइल तपाईंको उपकरणमा डाउनलोड गरिनेछ।

👆 पुन: विषयवस्तुमा जानुहोस्

 
 
 

✅ कसरी मैले गुगल प्ले स्टोरबाट बाइबल अनुप्रयोग (एप) इन्स्टल (स्थापना) गर्न सक्छु?

👉 आफ्नो एन्ड्रोइड फोनमा वेब ब्राउजर (क्रोम, ओपेरा आदि) खोल्नुहोस्।

👉 nepalmatribhasha.org मा जानुहोस्।

👉 आफ्नो मनपर्ने भाषा चयन गर्नुहोस्। तपाईंलाई सम्बन्धित भाषा पृष्ठमा रिडिरेक्ट गरिनेछ।

👉 बाइबल एपमा क्लिक गर्नुहोस्। तपाईंलाई Google Play मा सम्बन्धित एप पृष्ठमा रिडिरेक्ट गरिनेछ।

👉 Install मा क्लिक गर्नुहोस्।

👉 अब, तपाईंले आफ्नो होम स्क्रिन वा एप्लिकेसन ग्यालेरीमा एप हेर्न सक्नुहुन्छ।

👉 अब तपाईँ बाइबल पढ्न सक्नुहुन्छ 👍।

👆 पुन: विषयवस्तुमा जानुहोस्

सेयर गर्नुहोस्